Sunday, May 27, 2018

काठमाडौंमा एचआइभी संक्रमित बालबालिकालाई छुट्टै विद्यालय

शिक्षा पाउनु बालबालिकाको आधारभुत अधिकार हो । समाजमा कतिपय यस्ता बालबालिका छन्, जो आफूमा रहेको स्वास्थ्य समस्याका कारण शिक्षा र आश्रय दुबैबाटै वञ्चित छन् । काठमाडौंमा एउटा यस्तो विद्यालय छ, जहाँ एचआइभी संक्रमित बालबालिकालाई शिक्षा मात्र होइन, आश्रय र उपचारको समेत व्यवस्था छ ।
                 


             कुनै पनि स्कुलमा सामान्य रुपमा देखिने दृष्य हो यो । प्रार्थना सभामा सहभागी यी विद्यार्थीहरुको अवस्था भने भिन्न छ । किनभने यो अबोध अवस्थामै उनीहरूले एच.आइ.भी नामक भाइरस बोक्नुपरेको छ । आफुसंगको भाइरस बिर्सेर उनीहरु सुन्दर भविष्यका लागि जुटिरहेका छन् । उनीहरु सफलता शिक्षा सदनको बालगृहमा बस्छन् । अधिकांशका बाआमा बितिसकेका छन् । भएका आफन्तसमेत  बिरलै भेट्न आउँछन्। यसअघि एच.आइ.भी संक्रमित भएकै कारण धेरै हेपाइ सहनुपरेको र पढ्न पनि नपाएको उनीहरुको अनुभव छ । 
यस विद्यालयमा ६ देखि १८ वर्षका  २३ विद्यार्थी छन् । रूकुमका राजकुमार पुनले ७ वर्षअघि आफ्नै घर र  वसुन्धराकी उमा गुरुङले कस्मेटिक पसल बेचेर सुरु गरेको यो विद्यालयले खर्च धान्नका लागि तरकारी खेती पनि गरेको छ । मुलुकभर १९ वर्ष मुनीका  ३१ सय ३६ जना एचआइभी संक्रमित छन् । शिक्षा र स्याहार पाउनु पर्ने तिनीहरुको अवस्था के छ र एच.आइभीका कारण सामाजिक अवहेलना कत्तिको भोगिरहेका  छन् भन्ने यकिन अवस्थाका बारेमा सरकार अनभिज्ञ छ |

SHARE THIS

Facebook Comment

0 comments:

Do message me if u have any doubt